नियम ४
तथ्याङ्क संकलन गर्न विभागको स्वीकृति लिनु पर्ने
(१) ऐनको दफा ७क. बमोजिम तथ्याङ्क संकलन गर्न स्वीकृतिको लागि संकलनकर्ताले अनुसूची बमोजिमको ढाँचामा विभागमा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमेजिम दरखास्त प्राप्त भएपछि विभागले आवश्यक छानविन गर्दा स्वीकृति दिन उपयुक्त ठहराएमा दर्ता किताबमा चढाई दर्ता नम्बर समेत उल्लेख गरी स्वीकृति दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम स्वीकृति प्राप्त भएपछि संकलनकर्ताले प्रश्नावलीमा र तथ्याङ्कको प्रकाशनमा दर्ता नम्बर समेत उल्लेख गर्नु पर्छ ।